IME Life New

प्रधानमन्त्रीको काँधमा थपियो ८ मन्त्रालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को काँधमा थप ८ मन्त्रालयको जिम्मेवारी थपिएको छ।

नेकपा एमालेका ८ जना मन्त्रीले राजीनामा दिएसँगै उनीहरुले सम्हाल्दै आएको मन्त्रालय प्रधानमन्त्री दाहालले सम्हाल्नुपर्ने भएको हो। प्रधानमन्त्री दाहालकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालय प्रधानमन्त्री दाहाल स्वयं सम्हाल्ने गरी तोकेका छन्।

Esewa
Crest

नेपाली कांग्रेससँग नयाँ समीकरण बनाएको एमालेले प्रचण्ड नेतृत्व वर्तमान सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो। सोहीबमोजिम एमालेबाट मन्त्री बनेकाहरु रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीले न्याय तथा संसदीय मामिला, ज्वालाकुमारी साहले कृषि तथा पशुपन्छी विकास, बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्रकुमार राईले खानेपानी र हरिप्रसाद उप्रेतीले रक्षामन्त्रीबाट आज राजीनामा दिएका थिए। अब यी मन्त्रालय प्रधानमन्त्री दाहाल स्वयंले सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS