काठमाडौं । सरकार परिवर्तनको खबरले लगानीकर्तामा उत्साह आउँदा शेयर बजारमा मंगलबार हरियाली छाएको छ । आज १०२ अंकसम्म बढेको नेप्से परिसूचक अन्तिम समयमा ४७ अंकले बढेर २१०० को विन्दुमाथि बन्द भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन हिमालयन डिष्टिलरीका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ६ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् ।