Connect IPS
IME Life

सरकार फेरिने खबरले लगानीकर्तामा उत्साह, नेप्से २१०० माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकार परिवर्तनको खबरले लगानीकर्तामा उत्साह आउँदा शेयर बजारमा मंगलबार हरियाली छाएको छ । कारोबारको सुरुवातमै सकारात्मक सर्किट ब्रेक लागेको बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटको लागि स्थिगित गरिएको थियो । त्यसपछि खुलेको बजारको बढाई घटेको छ । आज १०२ अंकसम्म बढेको नेप्से परिसूचक अन्तिम समयमा ४७ अंकले बढेर २१०० को विन्दुमाथि बन्द भएको छ ।

आज २२७ कम्पनकिो शेयर मूल्य बढेको छ भने १७ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयााको शेयर कारोबार भएको छ । यूनाइटेड इर्दी मर्दिको १० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै हिमालयन हिमालयन डिष्टिलरीका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ६ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनकि ालगानकिर्ताले ६ दशलमव ४६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS