काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ६० अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानकिर्ताले ७ दशलमव २६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव १३ प्रतिशतका दरले कमाएका छन् ।