काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ६० अंकले बढेर २,०७१ को विन्दुमा कायम भएको छ । आज १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक ऋणपत्र ८५ का इकाईधनीले कमाएका छन् आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । मकर जितुमाया हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।