काठमाडौं । असार १० गते सोमबार नेप्से परिसूचक २०६६.१६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३.२१ अंकले बढेको छ।
५ अर्ब ७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ५७ करोड २६ लाखको कारोबार भएको छ जसमा २८ करोड ६३ लाखको खरीद छ भने २८ करोड ६२ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ बाट २३ करोड ४५ लाखको खरीद छ भने ३१ करोड ४४ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले विक्री धेरै गरेका छन्।