Connect IPS
IME Life

लुम्बिनी हर्बोस्यूटिकल्सले आइपीओ निष्काशन गर्ने, कर्पोरेट एडभाईजरीका लागि गर्यो सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी हर्बोस्यूटिकल्सले आइपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको हो ।

यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा धुर्ब भट्टराईले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

एलिट क्यापिटलले ‘रोड टु आइपीओ’ योजनाअन्तरर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पूँजी जुटाउँदै पब्लिक कम्पनीमा रुपान्तरण गरी आइपीओ निष्काशन गर्न परामर्श सेवा प्रदान गर्नेछ । सम्झौता अनुसार एलिटले कम्पनीको पूँँजी वृद्धि, व्यवशाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने छ ।

यसबाहेक आइपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ ।हाल १३ करोड चुक्तापूँजी रहेको उक्त कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पूँजी वृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गर्न लागिएको छ ।

रुपन्देहीको तिलोत्तमा १५ स्थित कारखानाबाट कम्पनीले विभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्य पदार्थ उत्पादन गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS