IME Life New

सीआईटीले डाक्यो एजीएम, कहिलेसम्म कायम शेयरधनीले लाभांश पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले आफ्नो २९ औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असार ३१ गते आयोजना गर्ने निर्णय हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४.७३६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ।

सभाले साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरुका तर्फबाट १–१ जना प्रतिनिधि नियुक्त गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ सीआईटीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १९ गतेसम्म कायम शेयरधनीहरुमात्रै सीआईटीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS