IME Life New

मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, रु. ३८.६७ करोड बिगो मागदाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। उनीहरुबाट ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो असुल गर्न अख्तियारले माग दाबी गरेको छ।

Esewa
Crest

अदालतमा मुद्दा दर्ता भएसँगै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुख्यसचिव अर्याल निलम्बनमा परेका छन्। ऐनमा कुनै राष्ट्रसेवक थुनामा रहेकोमा अवधिभर र उनीमाथि मुद्दा दायर भएमा त्यस्ता राष्ट्रसेवक मुद्दा किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ।

अर्याल २०८० जेठ ३२ गते बसेको मन्त्रिपरिषदको निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका थिए।

अख्तियारले अर्यालसँगै अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सारका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालयका तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलगायतविरुद्ध मुद्दा दायर गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS