IME Life New

यसकारण डुब्ने स्थितिमा प्रोग्रेसिभ फाइनान्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र लिई २०५२ सालमा स्थापित प्रोग्रेसिभ फाइनान्स डुब्ने संघारमा पुगेको छ।

संस्थाको विगत ५ वर्षको वित्तीय विवरण अध्ययन गर्दा संस्था डुब्ने अवस्थामा पुगेको देखिएको हो। संस्थाको आर्थिक वर्ष (आव) २०७४।७५ मा बुक भ्यालु प्रतिशेयर १४१ रुपैयाँ रहेकोमा आव २०७८।७९ मा १०५ रुपैयाँ कायम भएको छ।

Esewa
Crest

पाँच वर्षअघि चुक्तपुँजी २१ करोड रुपैयाँ भएकोमा आव २०७८।७९ मा ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ। पुँजी वृद्धिसँगै शाखा कार्यालयहरुमा कर्मचारीहरु वृद्धि भएको मात्र देखिन्छ।

आव २०७४।७५ जम्मा ३१ जना कर्मचारी रहेकोमा आव २०७८।७९ मा १५५ जना पुगेका छन्। संस्थाको २०७७।७८ को नाफाबाट ६ प्रतिशत बोनस शेयर वितरण गरेको भए पनि प्रकाशित वित्तीय विवरणको ८० पेजको सि.नं. ५ खाली छ। यसको मतलब संस्थामा कर्मचारी संख्या मात्र थपेको तर सक्षम कर्मचारीको खाँचो रहेको स्पष्ट पुष्टि हुन्छ।

अर्कोतिर अपरिष्कृत वित्तीय विवरणमा रिटेन्ड अर्निङमा १ करोड ५५ लाख रुपैयाँ रहेको तर लेखापरीक्षणपश्चातको विवरणमा ३ करोड ८ लाख रुपैयाँ अर्थात २९८ प्रतिशत नोक्सान रहनुले पनि वित्तीय संस्थाभित्र आर्थिक सुशासन अतिकमजोर रहेको प्रस्ट हुन्छ। संस्थाको खराब कर्जा ६.५ प्रतिशत देखिएको भए पनि वास्तविक खराब कर्जा ३० प्रतिशतभन्दा माथि रहेको नाम नबताउने सर्तमा एक सञ्चालकले बताए।

संस्थाको वित्तीय अवस्था आव २०७५।७६ बाट खस्किँदो रहेकोमा आव २०७८।७९ सम्म आइपुग्दा पूरै खराब रहेको संस्थाले नै प्रकाशित गरेको वित्तीय विवरणले देखाउँछ। आवको ३ महिनाभित्र कतिपय वित्तीय संस्थाले आव २०८०।८१ को साधारणसभा गर्छन् भने यो संस्थाले आव २०७९।८० को नै साधारणसभा गर्न सकेको छैन।

ती सञ्चालकका अनुसार संस्थाको वित्तीय अवस्था लेखापरीक्षण नभएको वा लेखापरीक्षण हुँदाको अवस्थामा धेरै फरक देखिने हुँदा आव २०८०।८१ सकिन लाग्दा पनि गत आवको साधारणसभा गर्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS