IME Life
GBIME

हवाई सेवा कम्पनीबीच जहाज थप्ने प्रतिस्पर्धा, एक वर्षभित्र थपिए ६ ठूला विमान

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाली आकाशमा घरेलु उडानका लागि निजी क्षेत्रका हवाई सेवा कम्पनीबीच प्रतिस्पर्धासँगै एक वर्षको अवधिमा निजी क्षेत्रले ६ वटा ठूलो विमान भित्र्याई सकेको छ । अर्को एउटा विमान शनिबारसम्ममा काठमाडाैंमा अवतरण गर्दैछ।

चालू आर्थिक वर्षमा श्री एयरले सर्वाधिक तीनवटा ८० सिटे विमान खरिद गरेर ल्याएको छ । अमेरिकी वायू सेवा कम्पनी अलास्का एयरबाट श्रीले बम्बार्डियर ड्यास फो ८०० विमान भित्र्याएको हो । श्रीले चालू आवमा पहिलो पटक गत फागुन महिनामा २ वटा र असारमा १ वटा ड्यास फो ८०० विमान थपेको हो । थपिएका तीनवटै विमानको सिट क्षमता ८० रहेको छ। श्री एयरसँग अहिले कुल ११ वटा ठूला विमान छन् ।

Crest
श्री एयरले भित्र्याएको १३ वर्ष ६ महिना पुरानो विमान

पोखरामा एटीआर ७२-५०० विमान दुर्घटनामा परेपछि यति एयरलाइन्सले यो वर्ष दुईवटा एटीआर ७२-५०० टर्बोप्रोप  मोडलको विमान भित्र्याएको छ। बंगलादेशको नोभो एयरसँग खरिद गरेर गत माघ १८ गते भित्र्याइएका दुबै विमानको सिट क्षमता ७२ हो ।

एशियन लाइफ इन्स्योरेन्सलाई साझेदारका रूपमा भित्र्याए लगत्तै यतिले विमान थपेको हो । बजार हिस्सा जोगाउनका लागि चाँडै नै थप दुईवटा विमान खरिद गरेर भित्र्याउने घोषणा गरेको छ । यति एयरले सन् २०२४ भित्रैमा कुल विमान संख्या १० पुर्याउने लक्ष्य राखेको छ ।

यसैगरी अग्रणी वायू सेवा कम्पनी बुद्ध एयरले गत कात्तिक १० गते ‘एटीआर ७२ ५००’ विमान भित्र्यायो । बुद्धले १४ वर्ष ४ महिना पुरानो अर्को एक थान ‘एटीआर ७२ ५००’ विमान भित्र्याउँदैछ।

बुद्ध एयरले खरिद गरेको जहाज

हेलिकप्टर मार्फत छोटो दूरीको उडान भर्ने कम्पनीले पनि विमान थपि रहेका छन् । हेलि एभरेष्टले २ वटा र मनाङ एयरले १ वटा हेलिकप्टर भित्र्याएका  छन्।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS