IME Life New

नेपाल पुनर्बीमाले जीवन बीमकसँग गर्यो अन्तरक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले असार ६ गते बिहिवार सम्पूर्ण जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अघिल्लो साता निर्जीवन बीमा कम्पनी तथा लघु निर्जीवन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरूसँग अन्तरक्रिया गरेको नेपाल पुनर्बीमा कम्पनीले यसपटक जीवन बीमकहरुसँग छलफल गरेको हो ।

काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी, दाबी बिभाग प्रमुख इश्वर प्रधान, जोखिमाङ्कन विभाग प्रमुख बिष्णु न्यौपाने तथा अन्य कर्मचारीहरु र जीबन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीका तर्फबाट पुनर्बीमा विभागका विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

आगामी आर्थिक वर्ष २०८१।८२ का लागि पुनर्बीमा सम्झौता नवीकरणपूर्व आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक बर्षका ब्यावसायिक अनुभव तथा समस्याहरुमा छलफल गर्दै आगामी आर्थिक बर्षका बीमक तथा पुनर्बीमकका अपेक्षाहरु आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा नियामकिय निकायबाट जीवन बीमाको पुनर्बीमा सम्बन्धमा भएका पटक पटकका फरक फरक ब्यहोराका निर्देशनहरुले कम्पनीहरुलाई काम गर्न कठिन भएको र सो सम्बन्धमा पुनर्बीमकका हैसियतले नेपाल पुनर्बीमा कम्पनीले सहजताका लागि भुमिका खेल्नुपर्ने सुझाब दिएका थिए ।

कार्यक्रममा पुनर्बीमकका तर्फबाट पुनर्बीमाको सर्वमान्य सिद्धान्त तथा अन्तराष्ट्रिय असल अभ्यास अनुसार हुनेगरी काम गर्न नेपाल पुनर्बीमा कम्पनीले प्रभावकारी भुमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरिएको थियो ।

पुनर्बीमकका हैसियतले नेपाल पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुसँग हुने पुनर्बीमा सम्झौतामा रहेका शर्तहरु तथा कार्यप्रक्रियामा रहेका असहजताहरुलाई आपसी समझदारीमा टुङ्ग्याउनका लागि बीमा कम्पनीहरुसँग बिभिन्न चरणमा छलफलहरु आयोजना गर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS