काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ४४ अंकले घटेर २,०६८ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ७१ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ६ दशलमव ६३ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ५ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।