Connect IPS
IME Life

बन्दीपुर केबलकारको उद्धार अभ्यास कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तनहुँ जिल्ला स्थित बन्दीपुरहिल अन्तर्गतको बन्दीपुर केबलकारले यात्रीहरूको आकस्मिक उद्धारको लागि यात्री उद्धार अभ्यास कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न गरेको छ। सो उद्धार अभ्यास कार्यक्रममा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी उद्योगी प्लास्टिक इन्टरनेशनल साथै तनहुँ स्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी र कम्पनीको आकस्मिक उद्धार दल सहित ८७ जनाको सहभागिता रहेको थियो।

भविष्यमा घट्न सक्ने कुनै पनि कठिन भन्दा कठिन घटना वा आपतकालिन समयमा यात्री एवं पर्यटकहरूले कुनै प्रकारको सास्ती अनुभव गर्न नपरोस् भन्ने मनसायले कम्पनीले यस प्रकारको अन्तर्राष्ट्रिय उद्धार प्रदर्शनी आयोजना गरेको दाबी गरेको छ।

Prabhu
Crest

बन्दीपुर केबलकार नै यस्तो कम्पनी हो जसले आकस्मिक उद्धारको लागि केबलकारको सिस्टममा नै अतिरिक्त मोटर एवं इन्जिन र सुरक्षा सम्बन्धी उपकरणहरू जडान गरेर यात्री तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिएको छ। पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसअघि नै अन्तर्राष्ट्रिय गुणस्तर एवं सुरक्षण ग्यारेन्टी प्रमाणपत्र टियुभी समेत प्राप्त गरिसकेको छ।

गत जेष्ठ ३१ गतेदेखि व्यावसायिक सञ्चालन सुरु गरेको केबलकारमा पर्यटकहरूको राम्रो र सकारात्मक आकर्षण बढेको देखिँदै गर्दा उद्धार अभ्यासका लागि बुधवारका दिन केबलकार सेवा बन्द गरिएको कार्यकारी निर्देशक शिवप्रसाद शर्माले बताए भने बिहीवार बिहान पनि अन्तिम अभ्यास गरेर १० बजेदेखि नियमित केबलकार सेवा सञ्चालन हुने महाप्रबन्धक रोमन मान श्रेष्ठले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS