IME Life New

वाणिज्य बैंकहरुबाट रु. ६७.३४ अर्ब शेयर लोन प्रवाह, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट विस्तारै शेयर धितो कर्जाको माग बढ्दै गइरहेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा गत वर्ष असार मसान्तसम्मको तुलनामा १२.६ प्रतिशतले बढेको छ। गत वर्ष असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ शेयर धितो कर्जा भएकोमा वैशाखसम्म बढेर ८५ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा १९ वाणिज्य बैंकहरुबाट ६७ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ शेयर धितो कर्जा भएको छ। हाल सञ्चालनमा २० वटा वाणिज्य बैंक रहेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले भने शेयर धितो कर्जा प्रवाह गरेको छैन।

Esewa
Crest

यो १० महिनामा सबैभन्दा धेरै शेयर धितो कर्जा नबिल बैंकबाट गएको छ। यो बैंकले ११ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। जुन कुल शेयर लोनको १६.८७ प्रतिशत हिस्सा हो।

यसैगरी दोस्रोमा ग्लोबल आइएमई बैंकबाट ७ अर्ब ४ करोड ५७ लाख रुपैयाँ शेयर लोन गएको छ। यो कुल शेयर लोनको १०.४६ प्रतिशत हिस्सा हो।

तेस्रोमा नेपाल बैंकबाट ५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ शेयर लोन प्रवाह भएको छ। यो कुल शेयर लोनको ८.६३ प्रतिशत हिस्सा हो।

सबैभन्दा कम शेयर लोन नेपाल एसबीआई बैंकबाट गएको देखिन्छ। राष्ट्र बैंकको तथ्यांकअनुसार यो बैंकबाट १२ करोड ५७ लाख रुपैयाँ शेयर लोन प्रवाह भएको छ। जुन कुल शेयर लोनको ०.१९ प्रतिशत हिस्सा हो।

कुन बैंकबाट कति शेयर लोन प्रवाह ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS