काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव २७ अंकले बढेर २,०७८ को विन्दुमा कायम भएको छ । आज १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरी हाइड्रोको लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानकिर्ताले पनि ८ प्रतिशतका दरले कमाएका छन् ।