Connect IPS
IME Life

मेटा, गुगल, एप्पल वा टेस्ला: कुन कम्पनीका कर्मचारीको सबैभन्दा धेरै तलब ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिका विश्वकै ठूलो अर्थतन्त्र हो। बजार पुँजीकरणका हिसाबले विश्वका शीर्ष १० कम्पनीमध्ये ८ वटा अमेरिकामा छन्।

म्याग्निफिसिएन्ट–७ मा मेटा, गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटा, एनभिडिया, माइक्रोसफ्ट, एप्पल, टेस्ला र अमेजन समावेश छन्। यी कम्पनीको कुल बजार पुँजीकरण १५ ट्रिलियन डलर रहेको छ। जुन अमेरिकाको कुल जीडीपीको करिब आधा हो। ती ७ कम्पनीमध्ये ३ कम्पनी एनभिडिया, माइक्रोसफ्ट र एप्पलको बजार पुँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी रहेको छ।

Prabhu
Crest

अमेरिकामा औसत वार्षिक तलब ६० हजार डलर रहेको छ। तर, म्याग्निफिसिएन्ट–७ मा समावेश कम्पनीहरुका कर्मचारीहरुको औसत वार्षिक तलब राष्ट्रिय औसतभन्दा अधिक रहेको छ।

अघिल्लो वर्ष मिडियन एम्प्लोई पेको हिसाबले हेर्दा फेसबुकको प्यारेन्ट कम्पनी मेटा प्लेटफर्म सबैभन्दा अगाडि थियो। मार्क जुकरबर्गको नेतृत्व रहेको यो कम्पनीका कर्मचारीको वार्षिक औसत तलब ३७९ हजार डलर छ। मासिक हिसाबले हेर्दा करिब ३१.५८ हजार डलर हुन्छ।
उता गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट वार्षिक औसत ३१६ हजार डलरका साथ उच्च तलब दिने दोस्रो कम्पनी हो। एनभिडिया २६७ हजार डलरका साथ तेस्रो स्थानमा र माइक्रोसफ्ट १९४ हजार डलरका साथै चौथो स्थानमा रहेको छ। एप्पलका कर्मचारी भने वार्षिक औसत ९४ हजार डलर पाउँछन्। उच्च तलबको हिसाबले एप्पल पाँचौँ स्थानमा रहेको छ।

टेस्लाा र अमेजनका कर्मचारीको औसत वार्षिक तलब भने अमेरिकाको राष्ट्रिय औसतभन्दा कम छ। टेस्लामा मिडियन एम्प्लोई पेस ४६ हजार डलर र एमजेनमा ३६ हजार डलर रहेको छ।

सीईओमा सबैभन्दा बढी तलब लिनेमा एप्पलका टिम कुक पहिलो स्थानमा आउँछन्। अघिल्लो वर्ष उनले ६.३ करोड डलर पाएका थिए।
त्यस्तै अमेजनका एन्डी ज्यासी गत वर्ष १४ करोड डलर पाएका थिए। यस वर्ष टेस्लाका शेयरधनीले आफ्ना सीईओ एलन मस्कका लागि ५६ अर्ब डलरको पे प्याकेजमा स्वीकृति दिएका छन्। अघिल्लो वर्ष मस्कले तलब लिएका थिएनन्। मस्क २०८ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वकै धनीव्यक्ति पनि हुन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS