IME Life New

आदर मल्टी इन्भेष्टमेण्टले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आदर मल्टी इन्भेष्टमेण्ट कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

जारी पूँजी रकम १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार रुपैयाँ शेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरको ५३ लाख ५७ हजार ४०० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले लगानीको वातावरण बनाएर विभिन्न बैंकसँगको सहकार्यमा काठमाडौको बल्खुमा करिब ३६ रोपनीभन्दा बढि जग्गा खरिद गरेको छ । कम्पनीले उक्त जग्गामा व्यापारीक भवन निर्माण गरिसकेको छ ।

उक्त भवनमा जम्मा २ हजार १५२ पसल छन् भने सिभिलतर्फको ८६ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधार लगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने योजना रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS