IME Life New

कार्यान्वयन नै नभएको करसम्बन्धी पुरानो सुझावले शेयर बजार प्रभावित, चलखेलको आशंका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कार्यान्वयन नै नभएको शेयर कारोबारमा करको दरसम्बन्धी पुरानो सुझावले आज शेयर बजार प्रभावित भएको देखिन्छ।

विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले २०८० फागुन २० गते प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयलाई बुझाएको थियो। प्रतिवेदनमा व्यक्तिले गर्ने शेयर कारोबारबाट गरेको नाफालाई पनि वार्षिक आम्दानीका रुपमा गणना गरी अन्य व्यवसायसरह आयकरको व्यवस्था गर्न सुझाव दिइएको थियो। जुन हाल १ देखि ३९ प्रतिशतसम्म कर असुल गर्नुपर्ने व्यवस्था छ।

Esewa
Crest

हालको आयकर व्यवस्थामा वार्षिक ५० लाखभन्दा बढी आम्दानी गर्ने व्यक्तिले ३९ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ। यसका लागि ३६५ दिनभित्र खरिद गरेको सम्पत्तिको वार्षिक कारोबार अंक तथा कारोबारको पटक संख्याको सीमा तोकेर त्यस्तो बिक्री तथा निसर्गबाट प्राप्त लाभलाई व्यावसायिक आय मान्ने व्यवस्था गर्नुपर्ने सुझाव मल्लिक समितिले दिएको थियो। तर, आर्थिक विधेयक २०८१ मा मल्लिक समितिको उक्त सुझाव कार्यान्वयन गरिएको छैन।

केही मिडियामा करसम्बन्धी यो व्यवस्थालाई उचालेर समाचार प्रकाशित गरेका थिए। यो खबरले लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घटेको जानकारहरु बताउँछन्। ‘तर, यो पुरानो प्रतिवेदनका सुझावहरु आर्थिक विधेयकमा नसमेटिएको अवस्थामा अहिले किन सार्वजनिक भइरहेका छन् ?’, एक बजार जानकारले आशंका व्यक्त गर्दै भने, ‘पक्कै बजार घटाउने सस्तो शेयर उठाउने नियत देखिन्छ। यो चलखेल नै हो।’

यसैगरी मल्लिक समितिले बुझाएको प्रतिवेदनमा शेयर कारोबारमा पुँजीगत लाभकर पनि बढाउनुपर्ने सुझाव दिएको थियो। हाल लगानीकर्ता (व्यक्ति)ले शेयर किनेर १ वर्षभन्दा बढी समय राखेर बेच्दा ५ प्रतिशत र १ वर्षभन्दा कम समय राखेर बेच्दा नाफाको ७.५ प्रतिशत पुँजीगत लाभककर तिर्दै आएका छन्। मल्लिक समितिले भने १ वर्षभन्दा कम समय राखेर शेयर बेच्ने (व्यक्ति) लाई नाफामा १० प्रतिशत र १ वर्षभन्दा बढी समय राखेर बेच्नेलाई ७.५ प्रतिशत कर लगाउन सुझाव दिएको थियो। तर, अर्थ मन्त्रालयले आर्थिक विधेयकमा पुँजीगत लाभकर बढाउनुपर्ने मल्लिक समितिको सुझाव पनि समावेश गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS