IME Life New

जोरखाने प्रतियोगितामा सहभागी हुन नेपाली टोली इरान प्रस्थान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार राति इरानको इस्फाहन प्रस्थान गरेको छ।

जुन १८ देखि २३ सम्म हुने प्रतियोगितामा ऋतुराज सापकोटाको नेतृत्वमा इरान जाने खेलाडीमा क्याप्टेन मिलन रानामगर, अन्तत अर्याल, अनुजसिंह श्रेष्ठ, कीर्तन रज्जाक, विशेष खड्गी र ठाकुर डाँगी रहेका छन्। टोलीलाई एसियन जुरखाने तथा पहलवानी स्पोर्ट्स फेडेरेसनका कार्यवाहक अध्यक्ष कर्णबहादुर शाहीले जर्सी हस्तान्तरण गरी शुक्रबार बिदाइ गर्दै देशभक्तिको भावना र इच्छाशक्ति भए सीमित स्रोत र साधनका बाबजुद पनि पदक जित्न सकिने धारणा व्यक्त गरे।

Esewa
Crest

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलका लागि चन्द्रागिरी नगरपालिका नैकापमा रहेको सान इन्टरनेसनल कलेजले समेत सहयोग गर्ने जनाइएको छ। कार्यक्रममा सान इन्टरनेसनल कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले खेल प्रतियोगिताहरुमा विद्यार्थी खेलाडीहरुको सहभागिताले शैक्षिक संस्थाहरुको उन्नयनमा समेत सहयोग पुर्याउने बताए। उनले खेल गतिविधिहरुमा सहयोग गर्न सके विद्यार्थीहरुको सार्वांगीण विकासमा टेवा पुग्ने विश्वास लिएको धारणा राखेका थिए।

जोर खाने खेल शारीरिक व्यायम कौशलसँग सम्बन्धित पर्सियन मुलुकको परम्परागत खेल हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS