काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ को विन्दुमा बन्द भएको छ।
बजारमा आज ६४ कम्पनीको शेयरभाउ बढेको छ भने १७७ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज होटेल तथा पर्यटन समूहबाहेक अन्य १२ समूह घटेको छ। घटेको बजारमा आज ३१७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५२ रुपैयाँमा किनबेच भएका छन्। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- नेपाल फाइनान्सः ३० करोड ४० लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड १९ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १५ करोड २५ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः १३ करोड २७ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः १३ करोड १ लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः १० करोड ५६ लाख रुपैयाँ
- हिमालयन लघुवित्तः ८ करोड ६५ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ८ करोड ६ लाख रुपैयाँ
- मनकामना स्मार्ट लघुवित्तः ८ करोड रुपैयाँ
- युनाइटेड इदी मर्दीः ७ करोड ७६ लाख रुपैयाँ