IME Life New

वर्षौंदेखि सातादोबाटोमा जग्गाको भाडा तिर्दै धितोपत्र बोर्ड, बसेको छ प्रहरी चौकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको मनोहरामा ३ वर्ष अगाडि नै सबै पैसा तिरिसक्दा पनि जग्गा नपाएको नेपाल धितोपत्र बोर्डले वर्षौंदेखि अर्को जग्गामा भाडावापत फजुल खर्च गरिरहेको तथ्य सार्वजनिक भएको छ।

डा शूरवीर पौड्याल अध्यक्ष हुँदा धितोपत्र बोर्डले भवन निर्माणका लागि २०६७ सालतिर सातदोबाटोमा आइक्यानसँग मिलेर १० रोपनी सरकारी जग्गा भाडामा लिएको थियो। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल धलौट उद्योगको नाममा रहेको उक्त जग्गा ५० वर्षका लागि भाडामा लिइएको छ।

Esewa
Crest

कुल जग्गामध्ये ६ रोपनी आइक्यान र ४ रोपनी धितोपत्र बोर्डले लिएको छ। ‘वार्षिक ८०–९० हजार रुपैयाँ तिरेर ५० वर्षका लागि जग्गा भाडामा लिइएको हो’, धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले भने।

आइक्यानले जग्गा भाडामा लिना साथ भवन निर्माणको प्रक्रिया अगाडि बढाएको र भवन बनायो। ‘तर, सरकारी निकाय भएकोले धितोपत्र बोर्डले भवन निर्माणको प्रक्रिया कम समय पूरा गर्न सकेन र यो प्रक्रिया लम्बियो’, गिरीले भने, ‘भाडामा लिएको केही समयमै नेपाल प्रहरीको कार्यालय त्यहाँ आएर बस्यो, त्यसपछि भवन निर्माण प्रक्रिया पनि रोकिएको हुन सक्छ।’

उक्त जग्गा लिएको करिब १३ वर्ष भइसकेको छ। हालसम्म भाडामै १०–११ लाख रुपैयाँ धितोपत्र बोर्डले तिरिसकेको छ। अझै ३७ वर्ष धितोपत्र बोर्डले नै भाडा तिर्नुपर्ने अवस्था छ। त्यहाँ अहिले महानगरीय प्रहरी वृत्त सातदोबाटो रहेको छ।

एकातिर ३ वर्षअघि ४२ करोड ५६ लाख रुपैयाँ सबै पैसा तिरेर पनि मनोहराको ७ रोपनी जग्गा नपाएको धितोपत्र बोर्डले अर्कोतिर भने फजुलमा जग्गाको भाडा तिरिरहेको छ। स्थापनाको ३ दशक बितिसक्दा पनि भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको धितोपत्र बोर्ड आफ्नै भवन निर्माण गर्न असफलजस्तै देखिएको छ। धितोपत्र बोर्डको यो पाराले लगानीकर्ताबाट उठाएर जग्गामा गरेको लगानी ‘बालुवामा पानी’ सरह भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS