काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ३७ अंकले बढेर २,१२१ को विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । बजार सामान्य बढ्दा पनि चार कम्पनीको शेयर मूल्य मा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफ हाइड्रोका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।