काठमाडौं । जेठ २९ गते मंगलबार नेप्से परिसूचक २११५.२४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३३.१५ अंकले बढेको छ।
५ अर्ब ५५ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ८४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४१ करोड ९९ लाख रुपैयाँको खरिद भएको छ भने ४२ करोड १९ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २२ करोड ८ लाख रुपैयाँको खरिद भएको छ भने २८ करोड १० लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये एउटा ब्रोकरबाट खरिद धेरै भएको छ भने चार ब्रोकरले बिक्री धेरै गरेका छन्।