काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव १५ अंकले बढेर २,११५ को विन्दुमा कायम भएको छ। आज २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । आज जलविद्युत कम्पनीमा चमक देखिएको छ ।
आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथली बुखरी, भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।