IME Life
GBIME

नेप्से फेरि २१०० माथि, जलविद्युत समूहमा फर्कियो चमक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव १५ अंकले बढेर २,११५ को विन्दुमा कायम भएको छ। आज २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । आज जलविद्युत कम्पनीमा चमक देखिएको छ ।

आज दिनभरिमा ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथली बुखरी, भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS