काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा झिनो गिरावट आएको छ। नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ को विन्दुमा झरेको छ।
घटेको बजारमा ९७ कम्पनीको शेयरभाउ बढेको छ भने १४७ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजार घट्दा कारोबार भने बढेर ५ अर्ब १८ करोड रुपैयाँ माथिको भएको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड ३ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः २१ करोड १३ लाख रुपैयाँ
- सिटी होटेलः १३ करोड ९७ लाख रुपैयाँ
- पोखरा फाइनासन्सः १२ करोड ३८ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः ११ करोड ७३ लाख रुपैयाँ
- ग्लोबल आइएमई लघुवित्तः ११ करोड १८ लाख रुपैयाँ
- डिप्रोक्स लघुवित्तः ८ करोड १४ लाख रुपैयाँ
- नेपाल रिपब्लिक मिडियाः ८ करोड ६ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ७ करोड ८४ लाख रुपैयाँ
हिमालयन लघुवित्तः ७ करोड २२ लाख रुपैयाँ