IME Life New

आर्थिक स्थायित्व कायम गर्न पुँजी बजारको भूमिका महत्वपूर्णः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक स्थायित्व कायम गर्न पुँजी बजारको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

नेपाल धितोपत्र बोर्डको ३२ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। ‘उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पुँजी बजारको महत्वपूर्ण भूमिका रहन्छ’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘व्यावसायिक वातावरणको निर्माण गरी उद्योगी–व्यवसायीको मनोबल बढाउन, छरिएर रहेका साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग–कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।’

Esewa
Crest

वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाउन पुँजी बजारमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको प्रधानमन्त्री दाहालको सन्देशमा उल्लेख छ। ‘यसका लागि सरकारले विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरुको क्रमशः कार्यान्वयन गरिरहेको छ’, सन्देशमा भनिएको छ।

देशमा आर्थिक–सामाजिक रुपान्तरणसहित राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सरकार निरन्तर प्रयत्नशील छ। संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनामा सरकारको नीति तथा कार्यक्रम केन्द्रित रहेको दाहालको सन्देशमा उल्लेख छ। ‘लगानीमैत्री वातावरणको निर्माण गरी लगानी आकर्षण गर्न सम्बद्ध कानुनहरुमा समयानुकूल परिमार्जन गरिएको छ’, सन्देशमा भनिएको छ।

धितोपत्र बोर्ड स्थापनाको ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा बोर्ड पदाधिकारी, धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता लगायत सम्पूर्ण सरोकारवालामा प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गरेका छन्। ‘धितोपत्र बोर्डले प्रभावकारी रुपमा वित्तीय स्रोतको परिचालनमार्फत आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिमा सहयोग पुग्ने गरी आफ्ना गतिविधिलाई अगाडि बढाउने अपेक्षासहित वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS