IME Life New

बजारलाई चलायमान बनाउन नियामकहरुबीच समन्वय आवश्यक : अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नियामक सबै निकायले आपसमा समन्वय गरेर बजारलाई सुरक्षित र चलायमान बनाउनुपर्ने बताएका छन्।

नेपाल धितोपत्र बोर्डको ३२ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित एक समारोहरलाई सम्बोधन गर्दै अध्यक्ष सिलावलले यस्तो धारणा राखेका हुन्। ‘चाहे त्यो बीमा बजार वा पुँजी बजार, सबैलाई सुरक्षित चलायमान बनाउन नियामकहरुबीच समन्वय हुनुपर्छ’, उनले भने।

Esewa
Crest

अध्यक्ष सिलवालले वित्तीय बजारमा बीमा र पुँजी बजार दुवै पर्ने भएकोले नियामकहरु सबैबीच समन्वय आवश्यक रहेको बताए। ‘नियामकले बजारलाई गतिशील बनाउन आवश्यक नीतिनियम ल्याउन आवश्यक हुन्छ, यस्तो भएको खण्डमा मात्रै आमसर्वसाधारणको विश्वास बढ्छ’, उनले भने, ‘यसका लागि सबै नियामकले आवश्यक सहकार्य गर्नुपर्छ।’

धितोपत्र बोर्डको अहिलेसम्मको यात्रा फलदायी रहेको उल्लेख गर्दै सिलावलले आगामी वर्षहरुमा अझै उत्कृष्ट ढंगले अगाडि बढोस् भन्ने शुभकामना पनि दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS