काठमाडौं । काठमाडौंको कीर्तिपुर, कुलेश्वर, जोरपाटी वितरण केन्द्रहरु अन्तर्गतका विद्युत् सेवा एक सातासम्म अवरुद्ध हुने भएको छ । विद्युत् वितरण लाइन भुमिगत गर्ने भएकाले आइतबारदेखि शुक्रबारसम्म यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो। यी फिडरहरू अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
काठमाडौंको विभिन्न स्थानमा विद्युत् सेवा एक सातासम्म अवरुद्ध हुने
![](https://insurancekhabar.com/wp-content/uploads/2024/06/bijuli.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)