IME Life New

नेपाल लाइफ बाग्लुङ उपशाखाद्वारा शैक्षिक सामाग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङ उपशाखाले पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङ स्थित दालपोखरी प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरी कम्पनीको बाग्लुङ उपशाखा द्वारा उक्त विद्यालयका सबै विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक सामाग्री बितरण गरिएको हो ।

कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कम्पनीका बाग्लुङ उपशाखा प्रबन्धक हरि प्रसाद काफ्ले जानकारी दिए । काफ्लेले उपस्थित ब्यक्तिहरुलाइ जीवन बीमाको बारेमा समेत प्रष्ट पारेका थिए ।

Esewa
Crest

कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका केन्द्रिय उपाध्यक्ष एवम् कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर राम शरण पोख्रेलले मानव जिवनमा भैपरी आउन सक्ने आर्थिक जोखिम हस्तान्तरण संगै भरपर्दो बचतको रुपमा जीवन बीमालाइ  बुझ्नुपर्ने बताए ।

उक्त कार्यक्रमको अवसरमा विद्यालय ब्यवस्थापन समिती अध्यक्ष गणेश बस्याल, प्रधानाध्यापक अमृत शर्मा, कम्पनीका कुश्मा उपशाखा प्रमुख राम खड्का, स्थानिय सामाजिक ब्यक्तित्वहरु लेखनाथ पौडेल, बल बहादुर क्षेत्री, गायत्री पोख्रेल लगायतले बोलेका थिए ।

उपस्थित वक्ताहरूले जीवन बिमा कम्पनीले गरेको सहयोगबाट समाजमा बीमा प्रती सकारात्मक सन्देश फैलने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS