काठमाडौं । आज नेप्से परिसूचक ५ दशलमव ५८ अंकले घटेर २,०७९ को विन्दुमा कायम भएको छ । आज ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् । माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् ।