काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को विन्दुमा उक्लिएको छ।
बजार बढ्दा १२५ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ११४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीका ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- सीईडीबी हाइड्रोपावरः २० करोड ९२ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १२ करोड ९८ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ८२ लाख रुपैयाँ
- युनाइटेड अजोड इन्स्योरेन्सः ११ करोड ७९ लाख रुपैयाँ
- ग्लोबल आइएमई लघुवित्तः १० करोड ९० लाख रुपैयाँ
- हिमालयन लघुवित्तः ९ करोड ४१ लाख रुपैयाँ
- विजय लघुवित्तः ८ करोड ८४ लाख रुपैयाँ
- पोखरा फाइनान्सः ७ करोड ९५ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः ६ करोड २९ लाख रुपैयाँ
- माथिल्लो मैलुङ खोला जलविद्युतः ५ करोड ९३ लाख रुपैयाँ