IME Life New

सेबोनको बोर्ड बैठक आज बस्दै, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति (बोर्ड)को बैठक आज डाकिएको छ।

सञ्चालक समितिका एक सदस्यले आज साँझ ५ बजे सेबोनको बोर्ड बैठक डाकिएको बताए। ‘आज बैठक बस्ने भनेर मलाई खबर गरेका छन्’, ती सदस्यले भने।

Esewa
Crest

ती सदस्यका अनुसार बैठकमा सेबोनमा अध्यक्षको जिम्मेवार पाएर आएका अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानालाई स्वागत गर्ने कार्यक्रम रहेको छ। ‘बैठकमा लामो समयदेखि रोकिएको आइपीओ अनुमति खुलाउने विषयमा छलफल हुनेछ’, ती सदस्यले भने, ‘अर्को भनेको सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमावलीमा केही संशोधन भएकोले त्यसलाई बैठकले पारित गर्नेछ।’

आइपीओ अनुमति लामो समयसम्म रोक्न हुन्न भन्ने पक्षमा सञ्चालक समितिका सदस्यहरु सबै एकमत रहेको ती सदस्यले बताए। ‘यस विषयमा अध्यक्ष रानालाई ब्रिफिङ गर्छौं’, ती सदस्यले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS