IME Life New

साना तथा मझौला उद्योगको अवस्था निराशाजनक, कर्जाको माग र लगानी दुवै सुस्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रमा आएको शिथिलताका कारण सबैभन्दा ठूलो चपेटामा साना तथा मझौला उद्योग परेका छन्। यस्ता उद्योग बन्दप्रायः अवस्थामा पुग्दा सहर बजारका सटर खाली हुन पुगेका छन्।

अर्थतन्त्रले लामो समयदेखि लय पकड्न नसक्दा यस्ता उद्योगको अवस्था नाजुक बनेको हो। उनीहरुको व्यापार–व्यवसाय सुस्त हुँदा लगानीसमेत उठाउन नसक्ने अवस्था सिर्जना भएको सरोकारवालाको भनाइ छ। उनीहरुले लगानी बढाएर व्यापार–व्यवसाय विस्तार गर्ने अवस्था त झनै नरहेको साना तथा मझौलाा व्यवसायी महासंघका पूर्वमहासचिव दीपक आचार्यले बताए। ‘अहिले यो क्षेत्र थला परेको अवस्थामा छ’, उनी भन्छन्, ‘अहिले करिब ५ प्रतिशतमात्रै साना तथा मझौला उद्योगले काम गरिरहेका छन्।’

Esewa
Crest

आचार्यले अहिलेको अवस्थमा कर्जा लगानी गर्ने कुरा सोच्नै नसकिएको बताए। बैंक तथा वित्त संस्थाहरुसँग के कामका लागि कर्जा प्रस्ताव गर्ने भन्ने कुरै नरहेको व्यवसायीहरु बताउँछन्।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले साना तथा मझौला क्षेत्रमा ९.७२ प्रतिशत कर्जा लगानी गरेका थिए। कुल ४ खर्ब ४९ अर्ब ५८ करोड रुपैयाँ कुल कर्जा लगानी गरिएकोमा साना तथा मझौला उद्योगमा ९.७२ प्रतिशत लगानी भएको तथ्यांकमा देखिन्छ। गत आवको पुससम्ममा कुल ४ खर्ब १४ अर्ब ३७ करोड रुपैयाँको करिब ११.१५ प्रतिशत कर्जा साना तथा मझौला उद्योगमा लगानी भएको थियो। गत आवको पुससम्मको तुलनामा चालु आवको सोही अवधिमा यस्ता क्षेत्रमा जाने कर्जा झनै घटेको हो।

यो क्रम वैशाखसम्ममा झनै घटेको जानकार बताउँछन्। पछिल्लो समय कर्जा माग्ने कारण र आधार दुवै नदेखिएको साना तथा मझौला व्यवसायीहरुको भनाइ छ। उनीहरु अहिले तालाचाबी नै दराजमा थन्काएर बस्नुपर्ने बाध्यता रहेको भन्दै यस्तो अवस्थामा कर्जा लगानी झनै खस्किएको बताउँछन्।

राष्ट्र बैंकका अनुसार २०८४ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्योमका क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ। जसका लागि २०८१ असार मसान्तसम्ममा ११ प्रतिशत कर्जा यस क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकले भनेको छ। तर, धेरै बैंकले यस क्षेत्रमा हालसम्म पनि निकै न्यून मात्रै कर्जा लगानी गरेको तथ्यांकले देखाउँछ। उनीहरुलाई तोकिएको सीमासम्म कर्जा प्रवाह गर्न निकै सकस परिरहेको तथ्यांकमा देखिन्छ।

सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्ने बताउँदै आए पनि अर्थतन्त्रको सुस्तताले भने यस क्षेत्रलाई निकै नै गाँजेको जानकारहरु बताउँछन्। सरकारले अनिवार्य रुपमा कर्जा लगानीका लागि प्राथमिकतामा राख्दासमेत यस क्षेत्रमा कर्जा जान सक्नु विडम्बना भएको उनीहरुको बुझाइ छ।

महासंघका पूर्वमहासचिव आचार्य अहिले अलि–अलि भएको उत्पादन पनि बजार मागको अभावमा थन्किएर बस्दा यस क्षेत्रका व्यवसायी र उद्योगी थप समस्यामा परेको बताउँछन्। अहिले यस्ता क्षेत्रलाई संरक्षण गर्न नसक्दा व्यवसायीहरुको मनोबल गिरेको उनको भनाइ छ।

केन्द्रीय बैंकको अनुसन्धान विभागले सन् २०१९ मा गरेको एक अध्ययनमा साना तथा मझौला उद्योगको फाइनान्सिङ प्रवर्द्धन गर्न विभिन्न कोष, पुनर्कर्जा तथा कर्जा सुरक्षण, सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रम कार्यान्वयनमा रहे पनि पर्याप्त मात्रामा वित्तीय साधन परिचालन हुन नसकेको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS