Connect IPS
IME Life

बागमती एरियाका लायन्स क्लब अफिसर्सलाई विशेष प्रशिक्षण, २५० भन्दा बढी लाभान्वित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को बागमती एरियामा रहेका क्लब अफिसर्सहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक दिने स्कुलिङ कार्यक्रममा क्लबका प्रेसिडेन्ट, भाईस प्रेसिडेन्ट, सेक्रेटरी र ट्रेजररहरुले निर्वाह गर्नुपर्ने भूमिका, पदीय जिम्मेवारी र क्लबलाई उत्कृष्ट बनाउन के गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । स्कुलिङ कार्यक्रममा ६० भन्दा बढी क्लबका २३० भन्दा क्लब अफिसर्सहरुको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले विश्वमा नेपालका लायन्स सदस्यहरुले गरेको सेवा कार्यहरुको सधैं चर्चा हुने गरेकाले यसलाई निरन्तरता सक्रियता कायमै राख्नुपर्नेमा जोड दिए ।

Prabhu
Crest

लायन वर्ष २०२४/२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आफ्नो थिम सेयरिङ ह्याप्पिनेसको बारेमा र आफूले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिइन् । थापाले आगामी लायन वर्षका लागि लायन विथ लोकल वुमेन, माई क्लब पर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सन तथा मेम्बरसीप एक्स्टेन्सन जस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएकी छन् । यसका साथै उनले विभिन्न प्रकारका सेवा कार्यहरुलाई तिव्रता दिन क्लबका पदाधिकारीहरुलाई आग्रह गरिन् । कार्यक्रममा उनलाई मल्टिपल भाइस चेयरम्यानमा निर्वाचित भएकोमा बधाई सहित सम्मान पनि गरिएको थियो ।

पास्ट डिष्ट्रिक्ट गभर्नर तथा जिईटी मल्टिपल कोअर्डिनेटर लायन ध्रुब थापाले क्लबले आगामी वर्षमा प्राप्त गर्ने विभिन्न अवार्डहरुको बारेमा जानकारी दिए । उनले सहभागीहरुलाई लायन्स क्लबका बारेमा विभिन्न प्रश्नहरु सोध्दै क्विज कन्टेष्ट गराए ।

लायन वर्ष २०२४/२५ का फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ले क्लबका भाइस प्रेसिडेन्टहरुलाई, क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले क्लबका सेक्रेटरीहरुलाई र ट्रेजरर लायन कल्पना थापाले क्लबका ट्रेजररहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा उपस्थित वर्ष २०२३/२४ का डिष्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद मरहट्टा, मल्टिपल चिफ एडिर अनन्त भेटवाल, लायन वर्ष २०२४/२५ का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली, पिआरओ चिफ लायन रामराजा थापाले क्लबका पदाधिकारीहरुलाई सेवा कार्य बढाउन, सक्रिय भएर कार्य गर्न हौसला प्रदान गरेका थिए ।

बागमती एरियाका लायन्स लिडरहरुलाई डा. रबिन कटुवालले आगामी वर्षको लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेसमा आधारित भई गर्न सकिने कार्यक्रमहरुको बारेमा सरल ढंगले जानकारी दिएका थिए । उनले लायन्स सदस्यहरु अरु भन्दा किन भिन्न हुन्छन् भन्ने बारेमा उत्प्रेरक प्रस्तुतीकरण दिए । लायन राजेन्द्र सुवेदीले क्लबलाई कसरी स्थायी बनाउने भन्ने जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता गरेका बागमती एरियाका चिफ लायन शितल प्रसाद शर्माले डिष्ट्रिक्ट गभर्नरको लक्ष्यलाई पूरा गर्न आफ्नो एरियाका क्लबहरुलाई आग्रह गरे । प्रशिक्षणमा उपस्थित विभिन्न क्लबका पदाधिकारीहरुले आगामी वर्षका लागि जनाएका प्रतिबद्धताका आधारमा उत्कृष्ट ६ वटा क्लबलाई अवार्ड पनि प्रदान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS