IME Life New

ठमेल प्लाजा होटलको हकप्रद शेयर बिक्री खुला, कहिलेसम्म भर्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइट्सले आज जेठ २१ गतेबाट आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको छ।

ठमेल प्लाजा होटलले शेयरधनीहरुले चुक्ता गरेको शेयरको ७०.३० प्रतिशतले हुन आउन हकप्रद शेयर बिक्री खुला गरेको हो। होटलको जेठ १९ गतेको विशेष साधारणसभाबाट साबिकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयरसमेत समेटेर आफूले चुक्ता गरेको शेयरको ७०.३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरिएको छ।

Esewa
Crest

यो हकप्रद शेयरमा असार २३ गतेसम्म खरिद निवेदन दिन सकिने होटलले जनाएको छ। हाल कायम शेयरधनीहरुले हकप्रद शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा सञ्चालक समितिको निर्णयबाट अन्य शेयरधनी, व्यक्ति तथा निकायलाई शेयर बेचबिखन, पुनः बाँडफाँट र अन्य किसिमले बिक्रीवितरण गरिने होटलले जनाएको छ।

इच्छुक शेयरधनीले तोकिएको मितिभित्र सिटिजन्स बैंकमा ठमेल होटलको नाममा रहेको खाता नं. ०१५०१०००००६८१२०१ मा हकप्रद शेयर खरिदका लागि पैसा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS