IME Life New

समस्या भईसकेपछि समाधान खोज्ने प्रवृत्तिको निरन्तरता: पूर्व अर्थमन्त्री खतिवडा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले हरेक बर्षका बजेटमा समस्यापछि मात्रै समाधानको बाटनो खोजिने गरेको बताए । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले बजेटमार्फत पुनः एकपटक मुर्ख बनाईएको बताए ।

‘बजेटले भनेका कुरा सबै ठिक छन् भन्ने होईन, हाल पनि माईतिघरमा केहि व्यवसायीहरु आन्दोलित हुनुहुन्छ,’ उनले भने, ‘आगो लागेपछि कुवा खन्न लागेको जस्तो निजी क्षेत्र र समग्र नागरिकहरुले बजेटमा के कुरा चाहनुहुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि फरक प्रकारको ल्याईयो ।’
उनले बजेटले संघीयतालाई कतै समाउन र कतै छोड्न खोजेको बताए । करको बिषयमा केहि नबोलीकन र विजुलीमा केहि छुट नदिईकन निजी क्षेत्रको पुनर्उत्थान गर्ने भन्नु मुर्ख बनाउनु भएको उनको आशय छ ।

Esewa
Crest

निजी क्षेत्रलाई खास देखिनेगरी इन्सेन्टीभ नै आवश्यक रहेको उनले बताए । छलफल नगरीकन पनि धेरै कुराहरु बजेटमा समेटिएका कारण धेरैजसो योजना र कार्यक्रमहरुमा लय नमिलेको उनले बताए । ‘११ खर्ब उठ्दैन भन्ने जान्दाजान्दै पनि राजस्वको लक्ष्य ठुलो किन बनाउनु ?’, उनले प्रश्न गरे, ‘बजेटमा मुख्य कर परिवर्तनका कुराहरु भन्नैपर्छ निजी क्षेत्रले बजेट सुन्दा राम्रो तर, ऐनहरु पल्टाउँदा झस्किने कामले यसपल्ट पनि निरन्तरता पायो ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS