IME Life New

अर्थमन्त्रीले अप्ठेरो अवस्थामा मुलुकका लागि काम गर्न सक्छु भन्ने आँट गर्नुभएको छः विष्णु पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रमुख सत्तारुढ घटक एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुन अनन्तले आफू मुलुकका लागि अप्ठेराहरुका बीचमा काम गर्न सक्छु भन्ने आँट र अठोट गरेर आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएको बताएका छन् ।

आइतबारबाट सुरु भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रतिनिधिसभामा बोल्दै पौडेलले मन्त्री पुनले आफूले आफैंमाथि चुनौती खडा गरेको र उक्त चुनौती पार गर्ने अठोट व्यक्त गरेको बताए । अर्थमन्त्रीले सहज बाटो नरोजेर चुनौतीपूर्ण बाटो रोजेको उनको भनाइ थियो ।

Esewa
Crest

राजश्व संकलन, आन्तरिक तथा वैदेशिक ऋण र सहायता एवं पुँजीगत खर्चका सम्बन्धमा मन्त्री पुनले बजेटमार्फत निर्धारण गरेका लक्ष्य असम्भव भने नरहेको पौडेलले बताए । ‘मन्त्रीले सहज यात्रालाई रोज्नुभएको छैन । आफैंमाथि चुनौती सृजना गर्ने र चुनौती पूरा गर्ने सामना गर्ने अठोट उहाँले गर्नुभएको छ । बजेट र्निाणको यो दृष्टिकोणलाई म राम्रो मान्दछु’, पौडेलले भने, ‘म सहज ढंगले काम गर्दिन । म मुलुकका लागि, राष्ट्रका लागि अप्ठ्याराहरुका बीचमा काम गर्छु र अघि बढ्छु भन्ने चुनौती उहाँले उठाउनुभएको छ । सहज यात्रा त जो कसैले पनि गर्न सक्छ । चुनौतीपूर्ण यात्रा तय गर्ने र त्यसलाई गर्ने कुरा बढ्ता महत्वपूर्ण हुन्छ ।’ अर्थमन्त्रीले सम्भव तर मिहनेतका साथ मात्र सम्भव हुने लक्ष्यहरु निर्धारण गरेको भन्दै पौडेलले मन्त्री पुनको प्रशंसा गरे ।

बजेटमा १२ खर्ब ६० अर्बको राजश्व संकलन, ५२ अर्बको वैदेशिक सहायता, २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋण परिचालन तथा ३ खर्ब ६७ अर्ब २८ करोड पुँजीगत खर्च गर्ने तथा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको चर्चा गर्दै पौडेलले आफ्नो अठोट पुरा गर्न अर्थमन्त्रीलाई शुभाकमना दिए । ‘बजेटमा उहाँले निर्धारण गरेका लक्ष्य पूरा गर्न सजिलो छैन । तर साँच्चै मिहेनतका साथ लाग्ने र राज्यका सबै संरचनालाई सही ढंगले परिचालन गर्ने हो भने यो लक्ष्य पूरा गर्न असम्भव पनि छैन’, उनले भने, ‘सम्भव मध्येको उच्चतम लक्ष्य मन्त्रीज्यूले लिनुभएको छ । यो ठीकै हो भन्ने मलाई लाग्छ । त्यस कारण म यसलाई राम्रो मान्छु ।’ कतिपयले बजेटलाई महत्वाकांक्षीको संज्ञा दिए पनि आफूले भने उच्च आकांक्षी पदावली प्रयोग गर्न चाहेको उल्लेख गरे । राजश्वले साधारण खर्च पनि नधान्ने र ऋण तिर्नका लागि ऋण नै लिनुपर्ने अवस्थामा मन्त्री पुनले मुलुकको सामथ्र्यलाई उच्चतम प्रयोग गरेर चुनौती मोल्ने आँट गरेको पौडेलको भनाइ थियो ।

पूर्वअर्थमन्त्री पौडेलले माननीय अर्थमन्त्रीले पेश गरेको बजेटप्रति आफू र आफ्नो दलको दृढ समर्थन रहेको भन्दै पारित गर्न बजेटको पक्षमा मतदान गर्ने पनि जानकारी दिए । उनले विपक्षी दलका सांसदलाई समेत बजेटमा समर्थन जनाउन आग्रह गरे । ‘बजेटप्रति म र मेरो दल नेकपा एमालेको तर्फबाट दृढ समर्थन जनाउन चाहन्छु र हामी बजेट पारित गर्नका निम्ति पक्षमा मतदान गर्नेछौं भनेर अवगत गराउन चाहन्छु’, उनले भने । पौडेलले विगतमा निरन्तरका भनाइहरुको पुनरावृत्ति हुने गरी तीनदेखि साढे तीन घण्टा लामो बजेट वक्तव्य आउने गरेकामा मन्त्री पुनले संक्षिप्तमा बजेट ल्याएको भन्दै सराहना गरे ।

उनले २० खर्बको बजेट आउने हल्लाका बीच अर्थमन्त्रीले १८ खर्ब, ६० अर्ब ३० करोडको बजेट ल्याएकामा पनि धन्यवाद दिए । तुलनात्मक रुपमा बजेट सन्तुलित रहेको उनको भनाइ थियो ‘निरन्तरका भनाइहरुको पुनरावृत्ति गर्नुभन्दा बजेट छोटो बनाउनु भएको छ, यसको म सराहना गर्न चाहन्छु । बजेट तुलनात्मक रुपमा सन्तुलित पनि छ । बाहिर मानिसहरुले चर्चा गरेका थिए, आशंका गरेका थिए । अनुमानका आधारमा विरोधका स्वरहरु पनि आइरहेका थिए । २० खर्ब हाराहारीको बजेट बन्छ भनेर चर्चा पनि गरिएका थिए । यहाँले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । यो आकारलाई म तुलनात्मक रुपले सन्तुलित मान्छु । यद्यपि बजेटमा श्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन’, उनले भने ।

बजेटले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सिंगो राष्ट्रको आकांक्षा भएकाले पूरा गर्नुपर्छ भन्ने दृष्टिकोण अघि सारेकामा पौडेलले खुसी व्यक्त गरे । यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, प्रधानमन्त्री कृषि आधनुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय, मध्यपहाडी पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग, पानी जहाज, रेल मार्ग, भेरी बबई र सुनसरी मरिण नदी पथान्तरण अयोजनाजस्ता महत्वपूर्ण कार्यक्रम र आयोजनालाई निरन्तरता दिइनु बजेटका साकारात्मक पक्ष भएको उल्लेख गरे । उनले यी अयोजनामा श्रोतको कमी हुन नदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । अर्थमन्त्री पुनले बजेटमा उपभोक्ता अदालत गठन गर्ने विषय अघि सारेकामा आफ्नो दलले सराहना गर्ने पौडेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS