IME Life New

भारतमा अचाक्ली बढ्यो बैंकिङ फ्रडका घटना, निजी बैंकमा सबैभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बैंक धोकाधडी घटना अचाक्ली बढेको पाइएको छ। डिजिटल भुक्तानी बढेसँगै भारतमा बैंकिङ ठगीका घटना पनि तीव्र रुपमा बढेको हो।

भारतीय रिजर्भ बैंकको वार्षिक प्रतिवेदनअनुसार वित्त वर्ष २०२३।२४ मा बैंक ठगीका घटना वार्षिक आधारमा १६६ प्रतिशतले बढेर ३६ हजार ७५ पुगेको छ । यो संख्या यसअघि वित्त वर्ष २०२२।२३ मा १३ हजार ५६४ थियो। यद्यपि, ठगिएको रकम वित्त वर्ष २०२२।२३ मा भारु २६ हजार १२७ करोड रहेकोमा वित्त २०२३।२४ मा ४६.७ प्रतिशतले घटेर भारु १३ हजार ९३० करोडमा झरेको छ।

Esewa
Crest

विगत ३ वर्षको ठगीका घटनाको मूल्यांकनले निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा बढी ठगीका घटना भएको प्रतिवेदनमा उल्लेख छ। ‘यससँगै ठगिएको रकमको हिसाबले सार्वजनिक क्षेत्रका बैंकको योगदान विगतको जस्तै सबैभन्दा बढी रहेको छ’, प्रतिवेदनमा भनिएको छ।

निजी बैंकहरुले धेरैजसो साना रकमको कार्ड र इन्टरनेट कारोबारमा ठगी भएको रिपोर्ट गरेका छन् । जब कि सार्वजनिक क्षेत्रका बैंकहरुमा ठगी मुख्यतया ऋण पोर्टफोलियोसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार ‘डिजिटल पर्सनल इन्फर्मेसन प्रोटेक्सन एक्ट २०२३’ को पालना अन्तर्गत ठगी रोक्न र भुक्तानी अनुभवमा थप सुधार गर्ने प्रयास गरिनेछ। यसका साथै, भौतिक कोष स्थानान्तरण अघि वास्तविक समयमा भुक्तानी प्राप्तकर्ताको नाम प्रमाणित गर्ने सम्भावना अन्वेषण गरिने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले २०२२।२३ र २०२३।२४ मा रिपोर्ट गरिएका ठगीका घटनाको विश्लेषण गर्दा ठगीको घटना भएको मिति र त्यसको पत्ता लाग्नमा धेरै समयको ढिलाइ भएको देखाएको छ। ‘यसको मतलब जालसाजी पत्ता लगाउन धेरै समय लाग्छ’, प्रतिवेदनमा भनिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS