IME Life New

जीवन बीमामा अन्तिम किस्ता तिरेपछि पनि पैसा लिन किन १ वर्ष कुर्नुपर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमालेखको अन्तिम किस्ता रकम भुक्तानी गरिसकेपछि बीमितले बीमा कम्पनीलाई बीमाशुल्क किस्ता तिर्नुपर्ने दायित्व पूरा हुन्छ। त्यसपछि बीमितले बीमालेखको बीमाशुल्कबापतको किस्ता भुक्तानी गर्नुपर्दैन।

बीमितले अन्तिम किस्ता रकम भुक्तानी गरिसकेपछि अब बीमालेखको सर्तअन्तर्गत रहेर बीमितलाई सम्पूर्ण रकम भुक्तानी गर्ने दायित्व बीमकमा बाँकी रहन जान्छ। बीमकले बीमा अवधि पूरा भइसकेपछि बीमितलाई भुक्तानी गर्नुपर्छ।

Esewa
Crest

अन्तिम किस्ताबापतको रकम भुक्तानी दिइसकेपछि बीमितले राख्ने सामान्य जिज्ञासा भनेको ‘अब मैले कहिले भुक्तानी पाउँछु ?’ यस्तो जिज्ञासाको शब्द बीमितको जिब्रोबाट झर्न नपाउँदै काउन्टरमा बसेका कर्मचारीले भन्न भ्याइहाल्छन्, ‘१ वर्षपछि।’

काउन्टरमा बसेका कर्मचारीको यस्तो प्रतिक्रिया प्राप्त भएपछि बीमितको मनमा स्वाभाविक जिज्ञासा उत्पन्न हुन जान्छ, ‘अरे बाबा ! अन्तिम किस्ता भुक्तानी गरेपछि २–४ दिनमै सबै रकम भुक्तानी पाउनुपर्ने होइन र ? किन १ वर्ष कुर्नुपर्ने ?’

यहाँ आमबीमितको बुझाइ र बीमा कम्पनीको प्रतिनिधिको भनाइबीच तालमेल खाँदैन र बीमितको मनमा एक खालको शंकाले ठाउँ लिन्छ, ‘कतै कम्पनीले पूरा १ वर्षसम्म पैसा होल्ड गरेर अनुचित लाभ लिने दाउँमा त छैन ?’

खासमा नियमित सावधिक बीमालेख जारी भएकै दिन बीमितले पूरा १ वर्षको किस्ता रकम भुक्तानी गरिसकेको हुन्छ। १ वर्ष पूरा भएलगत्तै दोस्रो वर्षको किस्ता रकम, दोस्रो वर्ष पूरा भएर तेस्रो वर्ष सुरु हुनै लाग्दा तेस्रो वर्षको किस्ता रकम भुक्तानी गरिसकेको हुन्छ। एवम् रितले बीमितले अन्तिम वर्षको सुरुआतमै अन्तिम किस्ताबापतको रकम भुक्तानी गरिसक्छ।

बुझ्नुपुर्ने तथ्य यहीँनिर छ– मानौँ कुनै बीमितले १५ वर्षे सावधिक जीवन बीमालेख खरिद गरेको र १५ वर्षसम्म नियमित बीमाशुल्क भुक्तानी गर्दै आएको छ। अन्तिम बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति २०८१ जेठ ८ गते उसले अन्तिम किस्ताबापतको रकम भुक्तानी गरेको छ तर बीमालेखमा बीमालेख परिपक्व हुने मिति २०८२ जेठ ८ गते उल्लेख गरिएको छ। यसो हुनुको खास कारण के हो भने १५ औँ वार्षिक किस्ताबापतको रकम बीमितले १५ वर्ष लागेको सुरुको दिनमै भुक्तानी गरे पनि १५ वर्ष पूरा हुन अझै ३६४ दिन अर्थात् पूरा १ वर्ष नै बाँकी हुन्छ। त्यसैले बीमाको रकम भुक्तानी लिन बीमितले १ वर्ष कुर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

35%
happy

खुसी

17%
sad

दु :खी

4%
amazed

अचम्मित

17%
excited

उत्साहित

26%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS