Connect IPS
IME Life

भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु, मेयर दाहालद्वारा उद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु भएको भएको छ । एक्सपोको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेकी हुन् । नेपाल पोल्ट्री महासङ्घ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो । एक्सपो ३ दिनसम्म चल्ने छ ।

कार्यक्रमलाई सम्बोधन गदै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमै अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गरिएको प्रष्ट पारिन् ।

Prabhu
Crest

भरतपुर भ्रमण वर्ष २०२४ र अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गर्नु उद्देश्य यहाँको आर्थिक गतिविधि चलयामान बनाउनु रहेको प्रमुख दाहालको भनाई छ । अर्थतन्त्रको मेरुदण्ड कृषि र कृषिमा पनि पोल्ट्री भएकाले यसको थप व्यवसायीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

भरतपुर महानगरपालिकाले कृषिको आधुनिकीकरणका लागि अनुदानमा यन्त्र उपकरणको काम गर्दै आइरहेको र आगामी दिनमा पनि कृषि क्षेत्रलाई विषेश प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिने प्रमुख दाहालले बताइन् । भरतपुर महानगरले पोल्ट्री क्षेत्रको विकासको लागि स्थानीय सरकारको हैसियतले सधै सकारात्मक रहेको उनले उल्लेख गरिन् ।

कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गरी भरतपुरमै एक्सपो गरिएको बताए । एक्सपोमा विषेश गरी कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिइने जानकारी दिए ।

एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहने र प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायललगायत देशका कम्पनीहरू सहभागिता रहेको छ ।

विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न न सक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउन पाठशाला सञ्चालन गरिएको उनले बताए । एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यकपर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिइनेछ।

एक्सपोमा कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउनेबारे जानकारी दिइने छ । एक्सपोको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवलोकलन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS