Connect IPS
IME Life

नेपाल बीमा प्राधिकरणको यस्तो छ काम, कर्तव्य र अधिकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वाससनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउन नेपाल बीमा प्राधिकरणको स्थापना भएको हो । नेपाल बीमा प्राधिकरण बीमा ऐन २०७९ को दफा ३ बमोजिम स्थापित अविभ्छिन्न उत्तराधिकारवाला स्वशासित, कानूनी व्यक्तित्व भएको एक स्वायत्त संस्था हो । नेपालमा निष्पक्ष, प्रतिस्पर्धी र भरपर्दो बीमा सेवा सुनिश्चित गर्ने उद्देश्य प्राप्त गर्नको लागि प्राधिरकणलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बीमा व्यवसायलाई प्रभावकारी रुपमा नियमन गरी बीमितिहरुको हक हितका लागि रक्षा गर्ने दायित्व पनि प्राधिकरणको हो । यी उद्देश्य पूरा गर्न प्राधिकरणले विभिन्न नियामक निकायहरु, नीजि क्षेत्र, सरोकारवालाहरु, विदेशी समकक्षहरु र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दछ । यो अन्तर्राष्ट्रिय बीमा नियामकहरुको छाता संगठनको संस्थापक सदस्य पनि हो । बीमा क्षेत्रको छुट्टै नियामकको रुपमा पहिलो पटक २०२६ सालमा बीमा समिति को स्थापना भएको थियो । बीमा ऐन २०७९ लागू भएसँगै वि.स. २०७९ कार्तिक २२ गते बीमा समिति नेपाल बीमा प्राधिकरणमा परिणत भएको हो । नेपाल बीमा प्राधिकरण दक्षिण एशियाकै पहिलो बीमा नियमनकारी निकाय हो ।
प्राधिकरणको सर्वोच्च प्रशासकीय निकायको रुपमा सञ्चालक समिति छ, जसमा पाँच सदस्यहरु छन् । एनेनको दफा ६ अनुसार सञ्चालक समितिको संरचना यस्तो छ ।

Prabhu
Crest

नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष, सहसचिव, अर्थ मन्त्रालय सदस्य, सहसचिव कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सदरस्य, जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरुमध्येबाट एक जना सदस्य, निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरुमध्येबाट एक जना रहने व्यवस्था छ । जसमा जीवन तथा निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएको व्यक्तिबाट सदस्य नियुक्त गर्दा कम्तीमा १ जना महिला हुनुपर्नेछ । प्राधिकरणले तोकेको अधिकृतस्तरको कर्मचारीले समितिको सचिवको रुपमा काम गर्नेछ ।

नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकार
बीमा सम्बन्धमा नेपाल सरकारको सल्लाहकारको रुपमा कार्य गर्ने

बीमा कम्पनीको स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने।

बीमा सम्बन्धी नेपाल सरकारको सल्लाहकारको रुपमा काम गर्ने ।

बीमा व्यवासयको लागि आवश्यक विनियम, निर्देशिका, मार्गदर्शन तथा आदेश जारी गर्ने,

बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नविकरण तथा खारेजी गर्ने ।

बीमा व्यवसायलाई व्यवस्थित, नियममित, प्रतिस्पर्धी तथा विश्वासनीय बनाउन आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गर्ने ।

बीमा व्यवसायको विकास तथा विस्तारको लागि अध्ययन, अनुसन्धान, तालिम, अभिमुखिकरण तथा सचेतना सम्बन्धी कार्य गर्ने वा गराउने ।

बीमा दायित्व निर्धारण सम्बन्धमा बीमक विरुद्ध बीमितले दिएको ऊजुरी उपर निर्णय गर्ने ।

बीमाका विभिन्न पक्षहरुको विवाद निरुपन गर्ने ।

बीमाको पहुँच सबै जनतामा पुर्याउन बीमा व्यवसाय प्रवर्द्धन सम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।

बीमा व्यवसायको नियमन, निरीक्षण, सुपरीवेक्षण तथा विकासका लागि अन्य सरकारी सबै गैरससरकारी निकायसँग समन्वय, सहकार्य गर्ने तथा सूचना आदान प्रदान गर्ने ।

बीमा सम्बन्धमा प्रदेशसँग समन्वय गर्ने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS