IME Life New

सीईओ इमान्दार नभएमा कम्पनी नै धरासायी हुन सक्छः उपराष्ट्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले कुनै पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इमान्दार नभएको अवस्थामा संस्था नै धरासायी हुन सक्ने बताएका छन्।

नेपाल व्यवस्थापन संघले आज काठमाडौंमा आयोजना गरेको सीईओ सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो धारणा राखेका हुन्। ‘सीईओ पदमा आसिन भएकाहरुले आफ्नो भूमिका अत्यन्त कौशलका साथ निर्वाह गर्न सक्नुपर्छ’, सीईओ कुनै पनि संस्थाका लागि महत्वपूर्ण पद रहेको उल्लेख गर्दै उनले भने, ‘ठूला कम्पनीमा कार्यरत सीईओ अन्य क्षेत्र र अधिकारीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकोले उहाँहरुले आफ्नो व्यक्तिगत हितको तुलनामा कम्पनीका लागि इमान्दारिताका साथ भूमिका निर्वाह गर्नुपर्छ।’

Esewa
Crest

सीईओ त्यो इमान्दारित कायम गर्न नसकेको अवस्थामा धेरै कम्पनी तथा संघसंस्था धरासायी सम्भावना रहने यादवले बताए। ‘त्यसैले पदीय दायित्व र ओजलाई कायम राख्न कुनै कसर बाँकी राख्नुहुन्न’, उनले भने।

नवप्रवर्तन (स्टार्टअप)मा कार्यरत सीईओले सबै व्यावसायिक दिनचर्यमा मिहिन दृष्टि राख्दै त्यसमा सहभागी हुन सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ थियो।

उपराष्ट्रपति यादवले वित्तीय तथा गैरवित्तीय क्षेत्रमा कार्यरत नेतृत्व तहलाई नेपालसहित विश्वमा बद्लिँदो परिवेश, नवीनतम प्रविधि विकास, खस्किँदो अर्थतन्त्र र संस्थागत नेतृत्वले कम्पनीको समस्या समाधान र उन्नयनका लागि अवलम्बन गर्न सक्ने विषयका बारेमा यो सम्मेलनले प्रचूर ज्ञान आर्जन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने भन्ने विश्वास लिएको बताए। ‘यस सम्मेलनमार्फत सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलबाट परिचालित कार्यस्थलको सुनौलो भविष्यका लागि मार्गदर्शन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरेको छु’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS