IME Life New

सन्दीप लामिछानेले दोस्रोपटक पनि पाएनन् अमेरिकाको भिसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ।

अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि आज अपराह्न ४ बजे समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो । यो दोस्रोपटक अमेरिकी दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो।

Esewa
Crest

अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन दोस्रोपटक लामिछानेले भिसाका लागि आवेदन दिएका थिए। यसअघि पनि उनलाई भिसा दिन अस्वीकार गरेको थियो।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए। सफाइ पाएसँगै नेपाल क्रिकेट संघले लामिछानेको निलम्बन फुकुवा गर्दै टी–२० विश्वकप खेल्न टोलीमा नाम समावेश गरेको थियो।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS