IME Life New

दोहोरो अंकले घटेको बजारमा यी ५ कम्पनीमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक आज १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामात्रै उकालो लागेको छ भने बाँकी १० वटा ओरालो लागेको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.२३ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन समूह सर्वाधिक २.५३ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजार घट्दा ७० कम्पनीको शेयरभाउमात्रै बढेको छ। १७३ कम्पनीको शेयरभाउ घट्दा ४ वटाको स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

घटेको बजारमा आज ५ वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयरभाउमा १० प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोपाव र युनिलिभर नेपालको शेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

आज पोखरा फाइनान्सका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS