Connect IPS
IME Life

सिद्धार्थ बैंकले आमादब्लम जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा कर्जा सुविधा प्रदान गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रोद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाँउपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने उक्त आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रुपमा प्राप्त हुने Challenge Fund प्रवाह गर्नको लागि साझेदार बैंकको रुपमा भुमिका निर्वाह गर्नेछ ।

Prabhu
Crest

चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको उक्त आयोजना ४ हजार ४२३ मिटर उचाइमा रही संसारकै अग्ला स्थानहरुमा रहेका जलविद्युत आयोजनाहरुमध्ये एक हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले कम्पनीले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटीएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS