IME Life New

बजेटमा घोषणा गरिएका कार्यक्रम बजेटमै सीमित नहोस्ः परिसंघ अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलित आएको बताएका छन्। काठमाडौंमा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरुमा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

बजेटले नयाँ चरणको आर्थिक सुधार कार्याक्रम अगाडि बढाउने घोषणा गर्नु निकै सकारात्मक भएको अग्रवालको भनाइ थियो। उनले अब छिट्टै आयोग गठन गरी यस्ता कामहरु अघि बढाउनुपर्नेमा जोड दिए।

Esewa
Crest

निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु निकै राम्रो पक्ष भएको पनि अग्रवालले बताए। कृषि, पर्यटन, सूचना प्रविधि लगायतलाई रुपान्तरणकारी परियोजनाको रुपमा लिएर कार्याक्रम ल्याइनु राम्रो भएको उनको धारणा थियो।

अध्यक्ष अग्रवालले विभिन्न नियमावलीमा समयानुकूल परिमार्जन गरिने बजेटले प्रतिवद्धता जनाएकोमा खुसी व्यक्त गरे। बौद्धिक सम्पत्तिमािथको कानुन ल्याउन परिसंघले जोड दिँदै उनले आएकोमा बजेटले सम्बोधन गरेका पनि बताए।

यद्यपि, बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सप्मित हुन नहुने अग्रवालले बताए। यसको सफल कार्यान्वयन हुनुपर्ने उनले बताए। ‘बजेटमा समावेश कार्यक्रमहरू राम्रो छन्। तर, कार्यक्रमहरू बजेटमै मात्र सीमित नहोस् भन्ने चाहना राखेका छौँ’, उनले भने, ‘बजेट कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्न तयार छ।’

अग्रवालले विद्यमान शीथिल अर्थतन्त्रलाई माथि उकास्न राहत तथा सहुलियत प्याकेज आउने निजी क्षेत्रको अपेक्षा भएपनि आउन नसकेको बताए। ऋणको दायित्वका कारण पुँजीगत खर्च घटाउनुपर्ने अवस्था नआओस् भन्नेतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए। साथै बजेटलाई सार्थक बनाउन आगामी मौद्रिक नीति खुकुलो हुनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष अग्रवालले लोडसेडिङका उद्योगीहरु मर्कामा परेको उल्लेख गर्दै विद्युतको समस्या समाधान गर्न अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS