IME Life New

पोल्ट्रीमा साझेदारी गर्न निम्बस र केबी एग्रोबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धादिङको धुनिबेसीमा अत्याधुनिक तथा देशकै सबैभन्दा ठूलो पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र उच्च गुणस्तरको पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न के.बी. एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिड समेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् । सोको लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र के.बी. एग्रोका अध्यक्ष केशवराज थापाले सेयर खरिदबिक्री सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । के.बी. एग्रोका अध्यक्ष थापा नेपाल पेलेट फिड र जानुका ह्याचरीका सञ्चालक समेत छन् ।

यो सहकार्यबाट साझेदारीमा संलग्न उद्योगी मात्र नभएर कुखुरापालक किसान र उपभोक्ता समेत लाभान्वित हुने अपेक्षा गरिएको छ । साझेदारी अन्तर्गत गुणस्तरीय दाना आपूर्ति, मासु र अण्डा उत्पादन तथा बजार व्यवस्थापन मासुको हकमा “शक्ति मिट” र अन्य परिकारको हकमा “इट फर्स्ट”को नामले हुनेछ । के.बी. एग्रोसँगको सहकार्यसँगै गुणस्तरीय उत्पादनमा ख्याती कमाएको निम्बस पोल्ट्रीजन्य कारोबारमा प्रवेश गरेको छ ।

Esewa
Crest

कुखरा उत्पादन, सही मूल्यमा गुणस्तरीय दानाको उपलब्धता र बजारमा उचित मूल्यमा उच्च गुणस्तरको पोल्ट्रीजन्य वस्तुको उपलब्धता सुनिश्चित गर्न दुई समूहले साझेदारी गरेको सम्झौतापछि के.बी. एग्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यसको उद्देश्य कुखुराको मासु, अण्डा तथा मासुजन्य पदार्थको उत्पादन लागत कम गर्नु, कुखुरापालक किसानलाई बढीभन्दा बढी लाभ प्राप्त हुने प्रणाली विकास गर्नु, पोल्ट्री फार्मलाई सहज रुपमा दाना आपूर्तिको व्यवस्था मिलाउनु, उत्पादित वस्तुको बजारीकरण गर्नु र देशभर बिक्री केन्द्र विस्तार गर्नु पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उत्पादित पोल्ट्रीजन्य वस्तु पारदर्शी तरिकाले खरिद हुने हुँदा यसबाट कुखुरापालन व्यवसायमा संलग्न किसानलाई प्रत्यक्ष रुपमा लाभ हुने अपेक्षा गरिएको छ ।’

दुई प्रतिष्ठित व्यावसायिक घरानाको साझेदारीबाट धराशयी हुँदै गएको नेपालको पोल्ट्री व्यवसायलाई नयाँ ढंगबाट सञ्चालन गरी समग्र पोल्ट्री व्यवसायको विकास र विस्तारमा समेत सकारात्मक योगदान हुने अपेक्षा गरिएको छ । यसले गुणस्तरीय कुखुराको मासु तथा मासुजन्य पदार्थ उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा सहयोग गर्नुका साथै रोजगारीका थप अवसर सिर्जनामा पनि सकारात्मक योगदान गर्नेछ ।

के.बी. एग्रोले धादिङको धुनिबेसीमा दैनिक ३२ हजार पन्छी प्रशोधन गर्न सक्ने क्षमताको अत्याधुनिक प्रोसेसिङ उद्योग सञ्चालन गरिरहेको छ । पूर्ण स्वचालित उक्त प्रोसेसिङ हाउसको ब्लास्ट फ्रिजिङ क्षमता २४ मेट्रिक टन र फ्रिजिङ क्षमता ५०० मेट्रिक टन रहेको छ । नेपालमा यो क्षमताको प्रोसेसिङ उद्योग अर्को छैन । यो युरोपेली मुलुकबाट आयातित अत्याधुनिक उपकरण जडान भएको नेपालको एकमात्र पोल्ट्री प्रोसेसिङ हाउस हो ।

कम्पनीले पूर्ण स्वचालित मेसिन र एयर चिलिङ प्रविधिबाट उत्पादित उच्च गुणस्तरको मासु र मासुजन्य परिकार प्रतिस्पर्धी मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । वातावरणीय स्वच्छताप्रति सचेत के. बी. एग्रोले प्रशोधनको समयमा उत्पादन हुने कच्चा पदार्थलाई अत्याधुनिक प्रविधिबाट प्रोसेसिङ गरी पोल्ट्री मिल समेत उत्पादन गर्दै आएको छ । उद्योगबाट निस्कने पानी प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने गरेको छ ।

के.बी. एग्रोले आफ्नो अत्याधुनिक प्रोसेसिङ उद्योगमा प्रशोधन गरेको गुणस्तरीय कुखुराको मासुजन्य पदार्थ र अण्डा बिक्रीका लागि संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा लेट्स मिट नामको बिक्री केन्द्र सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS