IME Life New

भिजन इनर्जीले आइपीओ निष्काशन गर्ने, बोलायो जेठ ३२ गते विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आगामी जेठ ३२ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित सभा बोलाएको हो । गत बैशाख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सभा भर्चुअल माध्यमबाट अपरान्ह ३ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको अधिकृत र जारी पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्ध पत्रको दफा ६ संशोधन गर्ने, कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन आइपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन थपघट परिवर्तनको निर्देशन भएमा सोहि बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS